आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम

आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम २०८१-०२-०६ डाउनलोड

  • १२ मंसिर २०८०

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धी तालिम दिइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्‍चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम दिइएको हो ।

काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्रवर्द्धनात्मक तथा उपचारात्मक योग विषयका सैद्धान्तिक तथा प्रयोगात्मक योग कक्षाहरु सञ्चालन गरिएको थियो । कार्यक्रम ७ दिन सम्म सिनामङ्गलमा सञ्चालन गरिएको थियो ।

कार्यक्रमबाट प्रदेश र स्थानीय तहमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरू मार्फत योगाभ्यास सम्बन्धि समुदायमा प्रचारप्रसार भई आयुर्वेद सेवाग्राहीको सङ्ख्या वृद्धि हुने। योग मार्फत स्वास्थ्य प्रवर्द्धन र रोग प्रशमन हुने अपेक्षा गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित रुपमा स्वास्थ्य प्रवर्द्धन तथा विभिन्न रोगका उपचारका लागि नियमित रुपमा योग सिकाउने गरिन्छ ।
https://healthtvonline.com/health-news/2023/11/45198/?fbclid=IwAR1V-sl7c9JNsB5uZDE0nKPetejzf82PnBrlZum6iw4FpZZwsoiBzLzxies

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं , काठमाडौं ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.