कार्यालको प्रमुख कार्यहरु

काठमाण्डौ जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा  सर्वसाधारणमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्नु यस कार्यालयका प्रमुख कार्यहरु हुन्। यस कार्यालयले जिल्लाभित्र सञ्चालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी स्वास्थ्य संस्थाहरुको दर्ता नवीकरण तथा गुणस्तरीय सेवा प्रवाहका गतिविधिहरुको नियमन समेत गर्दछ।


यस कार्यालयबाट स्वास्थ्य प्रवर्द्धनात्मक तथा उपचारात्मक सेवाहरु प्रदान गरिन्छ।

उपचारात्मक सेवा तर्फ

नियमित स्वास्थ्य परीक्षण

v  चिकित्सकको प्रेषण बमोजिम नेपाल सरकारद्वारा निर्दिष्ट अत्यावश्यक आयुर्वेद औषधिहरुको निःशुल्क वितरण

v  पूर्वकर्मपञ्चकर्म सेवा (अभ्यङ्ग, स्वेदन, नस्य, अक्षीतर्पण, शिरोधारा, आदि।)

v  अकुपञ्चर सेवा

v  फिजियोथेरापी सेवा

v  गर्भ संस्कार सेवा

v  उपचारात्मक योग सेवा

v  प्रयोगशाला सेवा (रगत, दिसा, पिसाब परीक्षण)


स्वास्थ्य प्रवर्द्धनात्मक सेवा तर्फ

v  ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी रसायन चिकित्सा र योगको माध्यमबाट स्वास्थ्य संरक्षण, प्रवर्द्धन र उचित परामर्श दिने।

v  ६ महिना सम्मको सुत्केरी आमालाई मातृशिशु स्वास्थ्य र स्तनपानको महत्व बुझाउन, आमा र बच्चाको स्वास्थ्य सुधार गर्न तथा कुपोषणबाट बचाउन, सुत्केरी महिलाको पर्याप्त दूध बढाउन औषधि वितरण गर्ने।

v  स्वस्थकर तथा रोगानुसार पथ्यापथ्य आहार विहार सम्बन्धी परामर्श

v  योग सेवा


यस केन्द्रमा मुख्य रुपमा अम्लपित्त तथा अन्य पेट सम्बन्धी रोगहरु, हाडजोर्नी सम्बन्धी रोगहरु, श्वास-प्रश्वास सम्बन्धी रोगहरु, पिनास, मलद्वारका रोगहरु (पाइल्स आदि), मधुमेह, उच्च रक्तचाप लगायत अन्य विभिन्न रोगहरुको उपचार गरिन्छ।विशेषज्ञ चिकित्सकद्वारा स्त्री तथा प्रसुती रोगको उपचार समेत गरिन्छ। साथै गर्भिणी महिलाहरुका लागि गर्भ संस्कार सेवा समेत उपलब्ध छ।



© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय , काठमाडौं ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.