/ परिचय
परिचय

वि.सं. २००८ सालमा काठमाडौं जिल्लाको फर्पिङमा बागमती अञ्चल आयुर्वेद औषधालयको स्थापना भएको थियो। पशुपति क्षेत्रको आसपासमा यसको आवश्यकता महसुस गरी फर्पिङमा साधारण औषधालय राखी वि.सं. २०५८ सालमा जयवागेश्वरी, काठमाण्डौमा स्थानान्तरण गरिएको हो।हाल आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको रूपमा नाम रूपान्तरित यो संस्था काठमाण्डौ महानगरपालिकाको सिनामङ्गल,गैरीगाउ भाडाको भवनमा अवस्थित छ ।हाल यो बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा छ।