/ सूचना तथा समाचार
‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम सम्पन्न
२४ बैशाख २०८१
काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ‘स्वस्थ जीवन प्रवर्द्धन’ कार्यक्रम’ कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरूमा प्रमुख नसर्ने रोगहरूको समयमा नै पहिचान गरी उपचार तथा परामर्श सेवा प्रदान गरी नसर्ने रोगहरू न्यूनीकरणमा सघाउ पुर्याउने उदेश्यले कार्यक्रम गरिएको हो ।
दुई चरणमा गरिएको कार्यक्रममा १ सय २० जनाको सहभागीता रहेको थियो । यस वर्षको आयुर्वेद तथा योगका लागि नाराः ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद, योग र ध्यान’ भएकोले मानसिक स्वास्थ्यप्र वर्द्धनलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । हाल प्रमुख ५ नसर्ने रोगहरु मध्ये मानसिक रोग समेत एक हो ।
मुटु तथा रक्तनलीको रोग, दीर्घ श्वास प्रश्वासको रोग, क्यान्सर, मधुमेह र मानसिक रोग नसर्ने रोग हुन् । नागरिकहरूमा नसर्ने रोगहरूका बारेमा जनचेतना अभिवृद्धि गरी स्वस्थकर जीवनशैली अपनाउन प्रोत्साहित गर्ने हेतुले यो कार्यक्रम गरिएको हो ।
शारिरीक रुपमा स्वस्थ रहनु मात्र स्वस्थ हुनुको लक्षण नभई मानसिक रुपमा पनि स्वस्थ र सबल रहनु अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसैले मानसिक स्वास्थ्यको महत्व तथा तनाव व्यवस्थापनका विधिहरु समेटेर कार्यक्रम सञ्चालन गरिएको हो । साथै कार्यक्रममा शारिरीक स्वास्थ्यलाई समेत ध्यानमा राखी सुगर तथा रक्तचाप परीक्षण गरिएको थियो ।
सेवाग्राहीहरूमा प्रमुख नसर्ने रोगहरूको समयमा पहिचान भई आवश्यक उपचारको व्यवस्था हुनुका साथै स्वस्थकर जीवनशैली अपनाउन प्रोत्साहन मिल्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले जनाएको छ ।
https://newsdainik.com/148408/news-from-nepal.html